१२ मंसिर २०७८
उद्योगले मजदुरका माग पुरागर्ने लिखित प्रतिबद्धता जनाएपछि चण्डिका डिस्टिलरीमा जारी आन्दोलन फिर्ता
नवीन कर्ण
November 24, 2021
8:23 pm

विराटनगर ८ मंसिर । मोरङको रंगेलीस्थित चण्डिका डिस्टिलरीमा जारी हड्ताल श्रमिकहरुले फिर्ता लिएका छन । मजदुरले उठाएका सबै माग उद्योग संचालकपक्षले सम्बोधनगर्ने लिखित सहमति गरेपछि मजदुरहरुले आन्दोलन फिर्ता लिएका हुन ।

जिल्ला प्रशासन कार्यालय मोरङमा मंसिर ८ गते सरोकारवाला पक्षहरुबीच भएको सहमति पछि मजदुरहरुले आन्दोलन फिर्ता लिएका हुन । श्रम ऐनअनुसारको नियुक्ति र सेवासुविधाको मागगर्दै रंगेली नगरपालिका–८ स्थित चण्डिका डिस्टिलरीका श्रमिकहरु आन्दोलनमा उत्रिएका थिए । उनिहरुले उद्योगको उत्पादन र वितरण सबै प्रक्रियालाई अवरुद्धगदै कात्तिक अन्तिम साताबाट उद्योगको गेटमा धर्नादिंदै आन्दोलन थालेका थिए ।

श्रमिकहरुले उठाएका मागहरुको बिषयमा मोरङका साहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना,उद्योगका प्रबन्धक ओमकार थापा, ,श्रम तथा रोजगार कार्यालयका नासु जनार्दन पौडेल,मजदर पक्षबाट वार्ता समितिका अरुणप्रसाद मण्डल लगायतका प्रतिनिधिहरु र समाजबादी ट्रेड यूनियनका केन्द्रीय सहअध्यक्ष जोगिलाल यादव र प्रदेश अध्यक्ष मोहम्मद नसरुल तथा जनता समाजबादी पार्टीका नेता मृत्युञ्जय झा लगायतको उपस्थितिमा लिखित सहमति भएपछि आन्दोलरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन । जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार उद्योगी र मजदुरबीच ९ बुँदे सहमति भएको समाजबादी ट्रेड युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले बताउनुभयो ।

उद्योगि र मजदुरबीच भएको सहमतिमा उद्योगमा लामो समयदेखी समयगतरुपमा काममा लगाइएका २१ जना मध्ये ५ जनलाई आउदो बैशाख १ बाट सिजनल कामदारकारुपमा नियुक्ती दिने र अन्यलाई बर्षेनी ५-५ जनालाई सोहि अनुसार नियुक्ती दिंदै जाने उल्लेख गरिएको छ । सम्पुर्ण कर्मचारी तथा कामदारलाई आगामी बर्षदेखी १-१ महिनाको बोनस तथा दशैं खर्च दिने सहमति भएको छ । यस्तै श्रम ऐन २०७४ को परिच्छेद ९ मा निर्धारण गरिएका बिदाहरु उपलब्ध गराउने,मजदुर तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सहभागि गराउने र पोषाक भत्ता बापत बार्षिक ३ हजार उपलब्ध गराउने निर्णय भएको छ । मजदुरहरुले उठाएका अन्य मागहरु समेत सहमति पत्रमा समेटिएको छ ।

पासपोर्ट ब्राण्ड लगायतका सिलप्याक मदिरा र विभिन्न प्रकारका स्प्रिट उत्पादनगर्ने सो उद्योगमा हाल ५५ जना श्रमिक कार्यरत रहेको जनाइएको छ । श्रमिकहरुको आन्दोलनमा समाजवादी ट्रेड युनियन महासंघले समर्थन र सहयोग गरेको थियो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net