१२ मंसिर २०७८
चण्डिका डिष्टिलरीका श्रमिक आन्दोलनमा
नवीन कर्ण
November 18, 2021
6:14 pm

रंगेली २ मंसिर । श्रम ऐनअनुसारको नियुक्ति र सेवासुविधाको मागगर्दै मोरङको रंगेली नगरपालिका–८ स्थित चण्डिका डिष्टिलरीका श्रमिक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले उद्योगको कामकाज ठप्प पारी पाँच दिनयता मुख्य प्रदेशद्वारमा पाल टाँगेर धर्ना दिंदै आएका छन् ।

मदिरा उत्पादन गर्ने सो उद्योगका कतिपय कर्मचारी १५ वर्षदेखि काम गर्दै आए पनि नियमानुसारको नियुक्ति र सेवासुविधा नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । श्रम ऐनले तोकेबमोजिमको सेवासुविधा पाउनुपर्ने माग गर्दै उद्योग प्रशासन र श्रम कार्यालयसम्म धाएर लामो समयदेखि प्रयास गर्दै आए पनि कुनै सुनवाई नभएपछि बाध्य भएर आफूहरु उद्योग बन्द गरी धर्नामा बस्नुपरेको उद्योगमा कार्यरत श्रमिकहरुले बताएका छन् । पासपोर्ट ब्राण्ड लगायतका सिलप्याक मदिरा र विभिन्न प्रकारका स्प्रिट उत्पादनगर्ने उद्योगमा हाल ५५ जना श्रमिक कार्यरत रहेकोमा ३४ जना नियमित छन् भने २१ जनालाई उद्योगले वर्षौंदेखि समयगत रुपमा काममा लगाउँदै आएको श्रमिकहरुले बताएका छन् । एकै प्रकृतिको काम गर्ने श्रमिकहरुबीच तलबभत्ता र सेवासुविधा दिने विषयमा समेत उद्योगले भेदभाव गर्ने गरेको उद्योगका श्रमिक रमेश कुमार साहको भनाई छ ।


गएको साउनदेखि नै आफ्ना मागहरु उठाउँदै आएको र श्रम कार्यालयसम्म पुग्दापनि समस्याको निकास नपाएपछि आन्दोलनमा उत्रिनुपरेको श्रमिकहरुले बताएका छन् । पछिल्लो समय श्रमिकहरुको आन्दोलनमा समाजवादी ट्रेड युनियन महासंघले समेत साथ गरिरहेको छ । मजदुरहरुको धर्ना कार्यक्रममा महासंघका केन्द्रीय सहअध्यक्ष जोगिलाल यादव र प्रदेश अध्यक्ष मोहम्मद नसरुललगायतका पदाधिकारीले समेत सहभागिता जनाउँदै आएका छन् । उद्योग प्रशासनले नियमसंगत मागलाई बेवास्ता गरेका कारण श्रमिकहरुले उत्पादन अवरुद्ध गरेर आन्दोलनमा होमिनुपरेको महासंघका प्रदेश अध्यक्ष मोहम्मद नसरुलको भनाइ छ ।


उता चण्डिका डिष्टिलरी प्रालिका प्रबन्धक ओमकार थापाले काममा लगाइएका श्रमिक तथा कर्मचारीहरुलाई श्रम ऐनअनुसार नै पारिश्रमिक र सेवासुविधा दिइरहेको दाबी गर्नुभयो । श्रम ऐनको व्यवस्थाअनुसार नै केही श्रमिक समयगत रुपमा राखिएको उहाँले बताउनुभयो । सो बिषयमा यसअघि पनि श्रम कार्यालयमै बसेर छलफल गरिसकिएको र पछिल्लो समय पूरा गर्ने नसकिने मागहरु राखेर श्रमिकहरुले उद्योग अवरुद्ध गरेको उहाँको भनाइ छ ।

मजदुरहरुको आन्दोलनमा रंगेली नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरुले समेत ऐक्यबद्धता जनाएका छन । रंगेली नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष भुपेन्द्र मण्डल,वडानम्बर ६ का वडाध्यक्ष रुपेश मण्डल र वडानम्बर ८ का वडाध्यक्ष टंकप्रसाद आचार्यले समेत श्रमिकहरुको माग जायज रहेको भन्दै ऐक्यबद्धता जनाएको समाजवादी ट्रेड युनियन महासंघ रंगेली ईकाइका अध्यक्ष अरुण प्रसाद मण्डलले बताउनुभयो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net