१२ मंसिर २०७८
मन्त्री यादवलाई श्रीकृष्ण गौसेवा सदनको सम्मान
नवीन कर्ण
November 12, 2021
8:28 pm

विराटनगर २६ कात्तिक । विराटनगरस्थित श्रीकृष्ण गौसेवा सदनले नव–नियुक्त प्रदेश एकका सामाजिक विकास मन्त्री जयराम यादवलाई सम्मान गरेको छ ।

सदनले गोपाष्टमीको अवसरमा आयोजना गरेको बिशेष कार्यक्रमकाबीच मन्त्री यादवलाई सम्मान गरेको हो । मन्त्री यादवलाई श्रीकृष्ण गौसेवा सदनका अध्यक्ष शंकरलाल अग्रवाल सहित सदनका सल्लाहकार र पदाधिकारीहरुले रुद्राक्षको माला तथा दोसल्ला सहित सम्मान गर्नुभयो । गौसेवा सदनको स्थापना र संचालनकानिम्ति मन्त्री यादव र उनको परिवारले स्थापना काल देखीनै योगदान गर्दै आएको सेवाको कदर गर्दै सम्मान गरिएको सदनका अध्यक्ष अग्रवालले बताउनुभयो ।

पछिल्लो समय यादव प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय जस्तो महत्वपुर्ण मन्त्रालयको जिम्मेबारी पाउनु भएकालेपनि दुवै अवसरलाई समेटेर सम्मान गरिएको उहाँले बताउनुभयो । सो अवसरमा बोल्नहुँदै मन्त्री यादवले गौसेवा सदन धार्मिक आस्थाका साथै प्रत्यक्षरुपमा कृषि पेशा संग समेत जोडिएकाले यस्को संरक्षण तथा प्रबर्धनमा प्रदेश सरकारले बिशेष सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।

नगरक्षेत्रका उद्योगि,ब्यवसायी तथा समाजसेवीहरुको समुहले लामो समयदेखी गौसेवा सदनको संरक्षण गर्दै आएकोमा उहाँले धन्यबाद समेत दिनुभएको थियो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net