१२ मंसिर २०७८
धुमधामसंग मनाईयो गोपाष्टमी
नवीन कर्ण
November 12, 2021
7:40 pm

विराटनगर २६ कात्तिक । गाई तथा गौबंशको सेवा,अभिनन्दन तथा पुजापाठगर्दै विराटनगरमा गोपाष्टमी मनाइएको छ । द्वापरयूगमा भगवान श्रीकृष्णले गौबंशको रक्षाकानिम्ति गोर्बधन पर्वत उठाएको स्मरणमा कात्र्तिक शुक्ल अष्टमी तिथिमा गोपाष्टमी मनाउने परम्परा छ ।

गोपाष्टमीकादिन गौमाता तथा गोबंशको अभिनन्दन, सेवा तथा पुजागर्ने परम्परा छ । अपाङ्ग, असशक्त र विरामी गाईहरुको संरक्षण गर्दै आएको विराटनगर १८ स्थित श्रीकृष्ण गौसेवा सदनले प्रत्येक बर्ष दीपावलीको ८ दिनपछि गोपाष्टमी पूजा लगाउने गरेको छ । पूजाको अवसरमा सदन परिसरमा संरक्षित गरिएका गाइगोरुलाई हरियो घांसपातका साथै सब्जी र मिठाई खुवाइएको छ भने हवनजाप तथा पुजापाठको समेत आयोजना गरिएको सदनका गौ सेवक महिचन्द यादवले जानकारी दिनुभयो ।

 

धार्मिक विश्वासअनुसार द्वापरयुगमा भगवान श्रीकृष्णले ईन्द्रको प्रकोपबाट गौबंश,ग्वाला तथा गोपिणीहरुलाई जोगाउन गोबर्धन पर्वत उचालेर रक्षा गर्नुभएको विश्वास गरिन्छ । भगवान श्रीकृष्णका अनुयायीहरुले यसदिनलाई विशेष पर्वका रुपमा मनाउदै आएका छन । गोपाष्टमी पुजामा सहभागि हुन गौसेवा सदन आएका विशिष्ट ब्यक्ति तथा श्रद्धालुहरुले गौसेवाकालागि भन्दै स्वेच्छाले आर्थिक सहयोग समेत गरेका छन् । २०४२ सालमा स्थापना भएको सो सेवा सदनमा हाल २ सय बढी गाइलाई संरक्षण र पालनपोषण गरिराखिएको छ ।

यो गौ सेवा सदनले गाईको गोबर मिसाएर जैविक मल उत्पादनगर्दै आएको छ भने गोबर ग्यांस उत्पादन गरेर सदन छेउछाउका घरमा पाइपको माध्यमबाट ग्यांस समेत वितरण गर्दै आएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net