१२ मंसिर २०७८
सत्यम कृषि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको पाँचौ अधिवेशन सम्पन्न
November 12, 2021
7:33 pm

विराटनगर २६ कात्तिक । विराटनगर ३ स्थित सत्यम कृषि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले १३ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको छ ।

विराटनगरस्थित एक निजी पार्टी प्यालेसमा बिशेष कार्यक्रमको आयोजनागर्दै सो सहकारीले साधारण सभा र अधिवेशन सम्पन्न गरेको हो । सो अवसरमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ । कार्यक्रमकाबीच जेष्ठ शेयर सदस्यकोरुपमा लोकनाथ नेपाल र मायावती राजवंशीलाई सम्मान गरिएको छ । यसैगरि असल बचतकर्ताकारुपमा विमला सिंह,विमलादेवी वस्ती,कारुलाल राजवंशी र कृष्ण चौधरीलाई सम्मान गरिएको सहकारीकी ब्यवस्थापक उषा कार्कीले जानकारी दिनुभयो । यस्तै असल ऋणिकोरुपमा बद्री नारायण राजवंशी र संस्थाको हरेक काममा सक्रिय भुमिका निर्वाहगर्ने सुवास कार्कीलाई समेत सम्मान गरिएको उहाँले बताउनुभयो । सम्मानित सबैलाई प्रदेश सभा सदस्य चुमनारायण तवदार र आयोजक संस्थाका अध्यक्ष गंगाप्रसाद यादवले कदरपत्र,दोसल्ला र फुलमाला सहित सम्मान गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रदेश सभा सदस्य तवदारले सहकारीले प्रवाह गरेको कर्जाबाट साना ब्यवसायीहरु लाभान्वित भएको बताउनुभयो । कृषिलाई प्रबिधि मैत्री बनाउदै लान समेत सत्यम सहकारीले बिशेष भुमिका खेल्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा संस्थाका पुर्व उपाध्यक्ष मेघनाथ रिजाल लगायतले शुभकामना मन्तब्य राख्नुभयो । यसअघि भएको कार्यक्रममा संस्थाका अध्यक्ष यादवले बार्षिक प्रतिवेदन र लेखा संयोजक भोजराज भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैबीच सोहि कार्यक्रममा सम्पन्न भएको पाँचौ अधिवेशनबाट अध्यक्ष गंगाप्रसाद यादवकै नेतृत्वले निरन्तरता पाएको छ । नवनिर्वाचित कार्यसमितिको अन्य पदाधिकारीहरुमा लेखा समितिको संयोजकमा भोजराज भट्टराई र सदस्यद्वयमा ज्योत्सना दाहाल तथा लक्ष्मी निरौला हुनुहुन्छ । यसैगरि संचालक समितिको सदस्यहरुमा मन्दीरा गुरागाई,गुणराज खनाल,गितादेवी गुरागाई,सरस्वती कार्की,घनश्याम कोईराला र कमल बहादुर भट्टराई हुनुहुन्छ । यसैगरि शिक्षा उपसमितिको संयोजकमा मेघनाथ रिजाल,बालबालिका तथा जेष्ठ नागरीक उपसमितिको संयोजकमा गितादेवी ढकाल निर्वाचित हुनुभएको छ । यस्तै ऋण उपसमिति सदस्यद्वयमा पुजन दाहाल र भावना प्रसाई हुनुहुन्छ ।

शिक्षा उपसमिति सदस्यद्वयमा हिरा पाण्डे र मिरा निरौला बालबालिका तथा जेष्ठ नागरीक उपसमितिको संयोजकमा भवनाथ कोईराला सोहि समितिको सदस्यमा बिमला सिंह निर्वाचित हुनुभएको छ । परियोजना उपसमितिको सदस्यद्वयमा भने बिमला देवी वस्ती र शान्ता बाँस्तोला निर्वाचित हुनुभएको जनाइएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net