१२ मंसिर २०७८
सामाजिक समताको सन्देश दिंदै सम्पन्न भयो २०७८ सालको छैठ
नवीन कर्ण
November 11, 2021
8:10 am

विराटनगर २५ कात्तिक । बिहीबार बिहान कात्र्तिक शुक्ल सप्तमी तिथिको उदाउँदो सूर्यलाई अर्घ दिंदै ब्रतालुले २०७८ सालको छैठ पर्व समापन गरेका छन ।

षष्ठी तिथिको अस्ताउँदो सूर्यलाई अर्घदिंदै ब्रतालुले बुधबार साँझ छैठको मुख्य पूजा शुरु गरेका थिए । यसअघि ब्रतालुले कात्र्तिक शुक्ल तृतीया (आईतबार) कै दिनबाट छैठ पर्वको विधि सुरु गरेका थिए । कात्तिक शुक्ल तृतीयाकादिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछामासु सहित तामसी भोजन परित्यागगरी ‘अरबा–अरबाइन’ गर्दै छैठको विधि शुरु गरेका थिए । चौथी तिथिमा ‘नहाय–खाय’ विधि गरेका व्रतालुले पञ्चमी तिथीमा ‘खरना’ गरेका थिए । ‘खरना’का दिन दिउँसोभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छैठ देवीलाई चढाएर प्रसादस्वरुप खाने गरिन्छ ।

षष्ठी तिथिका दिन भने ब्रतालुले दिनभरि निराहार ब्रत बसि स्थानिय जलाशयमा पुगेर अर्घदिंदै ढाकी,नाङलो र कोनियामा राखिएको प्रसाद भगवान सूर्यलाई अर्पण गर्दै ‘सँझुका अरग’ सम्पन्न गर्छन । यस्तै सप्तमी तिथिको बिहान सुर्योदय हुनु अघि नै ब्रतालु जलाशयमा प्रवेश गर्छन र उदाउँदै गरेको सूर्यलाई अर्घदिंदै ‘भोरका अरग’ सम्पन्न गर्छन । त्यसपछि ‘पारण’ गरेपछि विधिवतरुपमा छैठ सम्पन्न हुने गर्छ । पछिल्लो समय छैठ पर्वको ब्यापकता बढदै गएको छ । हिन्दु बाहेकका धर्मसंस्कृतिका मानिसहरुले समेत छैठ पर्वमा सहभागिता जनाउन थालेपछि यो पर्वको ब्यापकता बढदै गएको हो । छैठ पूजा प्रत्यक्षरुपमा प्रकृतिको पूजा भएकाले अन्य धर्म समुदायका मानिसहरु समेत यो पर्वतर्फ आर्कषित हुँदै आएका छन ।

छैठ पूजाकालागि जलाशयहरुको सरसफाई गरिनुका साथै जलाशयका किनारहरु सजाएर झकिझकाउ बनाईन्छ । यस्ले समुदायमा सरसफाईको चेतना बिस्तारको काम समेत गर्छ । उदाउँदो सूर्यलाई पुजागर्ने विश्वका विभिन्न समुदायमा आम प्रचलन रहेपनि अस्ताउँदो सूर्यको समेत पुजा गरिने विधानका कारण छैठको ब्यापकता दिनदिनै बढदै गएको हो । यो पर्वले छुवाछुत अन्त्यको सन्देश समेत दिन्छ ।

विभिन्न जातजातिका मानिसहरु जलाशय किनारमा समभावले एकैसाथ यो पर्व मनाउने भएकालेपनि समाजिक एकता प्रर्बधन र छुवाछुत अन्तगर्न समेत यो पर्वले भुमिका खेल्दै आएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net