१२ मंसिर २०७८
छैठ पुजामा मेयर पराजुलीको कठोर साधना
नवीन कर्ण
November 10, 2021
12:43 pm

विराटनगर २४ कात्तिक । विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली छैठ पर्वको अवसरमा कठोर उपासना गर्नुभएको छ । प्रमुख पराजुलीले छैठ माताको उपासनागर्न दण्ड प्रणामगर्दै स्थानिय सिंघिया खोलासम्म पुग्नुभएको छ ।

उहांले विराटनगर–१ स्थित श्रीराधाकृष्ण शिव पाञ्चायन मन्दिर प्राङ्गणबाट आज बिहान ११ बजेर ५५ मिनेटमा दण्डप्रणाम शुरु गर्नुभयो । २५ बर्ष अघिदेखि छैठ पुुजागर्दै आउनुभएका पराजुलीले यसपटक १८ औं श्रृंखलाकोरुपमा दण्डप्रणामगर्दै छैठ पुजाको घाटसम्म पुग्नुभएको हो । यसपटक कोरोना महामारीबाट मुक्ती तथा नगरबासीको सुखशान्ति र समृद्धिको कामनासहित आफुले छैठ पुजा गर्न लागेको पराजुलीले बताउनुभयो ।

प्रमुख पराजुलीलसंगै उहांका भतिज प्रमिश पराजुली समेत दण्ड प्रणामगर्दै छ्रैठ पुजाको घाटसम्म पुगेका छन । दण्डप्रणाम गर्ने क्रममा पराजुलीले साढे ३ किलोमिटरको यात्रा तय गर्दै आउनुभएको छ । सो क्रममा उहांलाई ४ घन्टा समय लाग्ने गरेको छ ।

छैठ पुजागर्ने विभिन्न विधि–विधान अनुसार ब्रतालुले भाकल पुरा भएपछि दण्ड प्रणामगर्दै छैठ पुजा गर्ने गरेका छन ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net