१२ मंसिर २०७८
आपसी सद्भाव र आस्थाको महापर्व छैठ मनाईदै
November 10, 2021
8:50 am

अस्ताउँदो सूर्यलाई अर्घ दिंदै आज साँझबाट आस्थाको महापर्व छैठको मुख्य पुजा सुरु हुँदैछ । षष्ठी तिथिको साँझ अस्ताउदो र सप्तमी तिथिको बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर पारण गरेपछि यो पर्व समापन गरिन्छ ।

सम्पुर्ण चराचर जगतका उर्जाका श्रोत तथा जिवित देउताका रुपमा मानिएका भगवान सूर्यलाई ब्रतालुहरुले बुधबार साँझ अर्घ दिने तयारी गरेका छन भने बिहीबार विहानै उदाउदो सूर्यलाई अर्घ दिएपछि यो पर्व औपचारीक रुपमा समापन हुने छ । पानीको मुल श्रोत नदी, तलाउ र नहरको डिलमा गएर छैठपुजा गर्ने परम्परा रहेकाले विराटनगर क्षेत्रका नदी, तलाउ र नहरका डिलहरु सिंगारिएका छन् । यस पर्वमा भगवान् सूर्यलाई प्रसादका रूपमा गहुंको पिठोबाट बनाइने ठकुवा र चामलको पिठोबाट बनाइने भुसुवा, तथा फलफुलहरु केरा, उखु, नरिवल, पान, सुपारी, हर्दी, अदुवा मिठाई लगायत नैबेद्यको रुपमा चढाइन्छ । ती समाग्रीहरु माटोको भाँडो र बँसको टोकरी, नाङलो र कोनियामा राखेर सूर्यदेवलाई अर्पण गरिन्छ । बिशेषगरि मनोकामना पूर्ण भएपछि यो पर्व सुरु गर्ने गरिन्छ ।

परिवारको कल्याण, सन्तान प्राप्तिका साथै अन्य मनोकामना पूरा हुने विश्वास व्रतालुले गरेका हुन्छन । छैठ ब्रतको सम्बन्धमा भविष्य पुरान, बैबत्र्य पुरानसहित विभिन्न धार्मिक ग्रन्थ र मैथिली साहित्यमा समेत उल्लेख गरिएको छ । छैठ पर्व गर्दा मनोकांक्षा पुरा हुने, सन्तान प्राप्ति तथा असाध्य रोगहरु निको हुने विश्वासमा श्रद्धालुहरुले गरेको भाकल अनुसार यो पर्वको शुरुआत गर्ने गर्छन । भाकल पुरा भएका श्रद्धालुहरुले आफ्नो भाकल अनुसार जमिनमा लम्पसार परेर सूर्यलाई दण्डवत गरिन्छ । घरदेखि छैठको घाटसम्म यो क्रम जारी रहन्छ । केहि श्रद्धालुहरुले भने आफ्नो क्षमता हुंदा–हुंदै मागेरै छैठ मनाउने भाकल समेत गरेका हुन्छन् ।

तिनिहरुले भाकल गर्दाको समयमा कतिवटा घरमा मांगेर छैठ पुजा गर्ने भन्ने भाकल अनुसार छरछिमेक र गांउघरमा मागेर माग्दै हिंडेका हुन्छन् । छैठ माता र सूर्यदेवलाई प्रशन्न तुल्याउन छैठका घाटहरुमा मैथिल र भोजपुरी समुदायका महिलाहरुले पारम्परिक र मौलिक गीतहरु गाउने परम्परा समेत छ ।

यो पर्वको नियम निष्ठा अत्यन्त कडा रहेकोले पवित्रतालाई बिशेष ध्यान दिइएको हुन्छ । पुजाका समाग्रिहरु कुनै कारणले अपवित्र हुन गए त्यसको प्रतिकुल असर तत्काल देखिने जनविश्वास समेत छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net