१२ मंसिर २०७८
आज छैठ पर्वको ‘खरना’
November 9, 2021
2:00 pm

श्रद्धा र भक्ति पुर्वक मनाइने छैठ पर्व अन्तरगत आज खरना गरिदैछ । छैठ पर्व अन्र्तगत पहिलोदिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ चौथीका दिन ‘नहाय–खाय’ सम्पन्न गरेका ब्रतालु आज(मंगलबार) पञ्चमी तिथिका दिन ‘खरना’ गर्न लागेका हुन ।

खरनाको दिन बिहानैदेखि ब्रतालुहरु निराहार व्रत बस्छन् । साँझ सख्खर भएको खिर पकाई केरा, लड्डु, मुलासहितको प्रसाद चढाइन्छ र त्यही प्रसाद व्रतालुले पनि खान्छन । खरनाको प्रसाद व्रतालुले खाने बेलामा बिचमा बोल्न हुँदैन भन्ने मान्यता छ । छठ पर्वको तेस्रो दिन बेलुकी अस्ताउन थालेको सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई पूजा गर्दै समापन गरिन्छ । निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम मानवजातिको उत्थानगर्न तथा आरोग्यका लागि यो पर्व मनाउने विश्वास गरिन्छ ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरूपनि पाइन्छ । पूर्णरूपमा साकाहारी हुने यो पर्वमा ठकुवा, भुसुवा, फलफूल र कसारले विशेष महत्व राख्छन् ।

सुरुमा मिथिलाञ्चलमा मात्र मनाउने यो पर्व हिजोआज अन्य जाति एवं राजधानी लगायत पहाडमापनि मनाउन थालिएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net