१२ मंसिर २०७८
विराटनगरमा मृत फेला परेका यूवाको पहिचान खुलेन
November 6, 2021
10:32 am

विराटनगरमा एक यूवा मृत अवस्थामा फेला परेका छन ।

विराटनगर महानगरपालिकाको वडानम्बर १६ दरैया,मुसहरी बस्ती नजिकैको खदम खोला किनारमा ती यूवा शुक्रबार साँझ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृत फेला परेका ती यूवाको पहिचान भने खुल्न सकेको छैन । मृतकको उमेर २५ देखी २६ बर्ष भएको हुनसक्ने अनुमान गरिएको छ । हाल मृतकको शव विराटनगरस्थित कोशी अस्पतालको शवगृहमा राखिएको जनाइएको छ । मृतकको उचाई ५ फिट ४ ईन्च छ भने मृतकले कालो टिसर्ट र कालै ट्राउजर लगाएका छन ।

उनको घाँटीमा गणेश भगवानको टाउको भएको खैरो रंगको माला तथा बाँया कानमा पहेलो धातुको कुन्डल लगाएको देखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । मृतकका आफ्न्त वा उनलाई पहिचानगर्ने ब्यक्तीलाई जिल्ला प्रहरी कार्यालय मोरङको ९८५२०३८३५५ मा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net