१२ मंसिर २०७८
कायस्थ समुदाय चित्रगुप्त पूजा मनाउदै
नवीन कर्ण
November 6, 2021
10:01 am

विराटनगर २० कात्तिक । मानिसको पाप र पुण्यको लेखाजोखा राख्ने देउताकोरुपमा पुजिने भगवान चित्रगुप्तको आज बिशेष पूजा आराधना गरिंदै छ ।

भाइटीकाको दिनमा मुर्ती स्थापनागरि कलम,मसी र भगवान चित्रगुप्तको पुजाआजा गरिन्छ । यसदिन भगवान चित्रगुप्तको मुर्ती निर्माणगरि शास्त्रीय मान्यता,विधिविधान र नियम निष्ठापुर्वक पुजाआराधना गरिन्छ । भगवान चित्रगुप्तलाई सिंगो हिन्दू धर्मावलम्बीहरुले पुजापाठ गर्ने भएपनि कायस्थ समुदायले भने आफ्नो बंश पिताकारुपमा पूजा गर्दै आएका छन । यो समुदायले भाइटिकाको दिन भगवान श्री चित्रगुप्त र कलमको एकै साथ पूजापाठ गर्छन । बर्षभरि कलम चलाएरै जिवीकोपार्जनगर्ने कायस्थ समुदायका मानिसहरुले चित्रगुप्त पुजाको एकदिन कलमलाई बिराम दिन्छन । यसदिन उनिहरुले कलमलाई धोईपखाली भगवानको मुर्ती सामु राखेर निष्ठापुर्वक पुजापाठ गर्छन र भोलीपल्ट पूजा बिर्सजन भएपछि मात्र फेरी कलमको प्रयोग गर्न थाल्छन ।

पूजाको अवसरमा विराटनगर महानगरपालिकाको विभिन्न वडाहरुमा भगवान चित्रगुप्तको भब्य मुर्तीहरु निर्माण गरिएको छ । बिराटनगरको तिनपैनीमा मैथिली विकास अभियानले मुर्ती निर्माणगरि पुजा समारोहको आयोजना गरेको छ भने तिनटोलियामा चित्रगुप्त समाज कल्याण परिषद युवा समितिले भब्य समारोहको आयोजना गरेको छ । यसैगरि आदर्शटोल,ंंबखरी,चांदनीचोक,सैनिकटोल लगायतका स्थानहरुमा समेत हातमा कलम बोकेका भगवान चित्रगुप्तको मुर्ती स्थापनागरि पुजापाठ गरिंदै छ । र्सिगो ब्रम्हाण्डका श्रृस्टीकर्ता परमपिता ब्रम्हाको इच्छापुत्रकोरुपमा समेत भगवान चित्रगुप्तको पुजा गरिन्छ ।

भगवान चित्रगुप्तलाई ब्रम्हाद्वारा यमराजको दरबारमा नियुक्त गरिएको कुरा पद्म पुराणमा उल्लेख गरिएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net