१२ मंसिर २०७८
विराटनगरमा दीपावलीसंगै काली पूजाको रौनक
नवीन कर्ण
November 5, 2021
8:06 pm

विराटनगर १९ कात्तिक । मैथिल भाषिहरुको संस्था अप्पन ब्राहम्ण समाजले काली पुजा समारोहलाई निरन्तरता दिएको छ । समाजले विराटनगर महानगरपालिकाको रोडषेशचोक नजिकै काली पूजा समारोहको आयोजना गरेको छ ।

जनकल्याण तथा धर्म संरक्षणको उद्धेश्यले समाजले लामो समयदेखी काली पूजा समारोहको आयोजना गर्दै आएको आयोजक संस्थाका अध्यक्ष कुमुद मोहन झाले बताउनुभयो । पूजा समारोहको कार्यक्रम तालिका अनुसार कात्तिक १८ गते सैनिक टोलबाट पुजास्थल सम्म शोभायात्रा निकालिएको थियो । यस्तै सोहिदिन मध्यरात १२ बजेबाट माता कालीको विधिवत पूजाआराधना शुरु गरिएको थियो । कात्तिक १९ गते (आज) पूजा स्थलमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा नेपाल तथा भारतबाट आमंत्रित कलाकारहरुले धार्मिक नृत्य तथा भजन,संकिर्तन प्रस्तुत गरेका छन । भोली (कार्तिक २० गते) बिहान स्थानिय जलाशयमा मुर्ती सेलाउने कार्यक्रम रहेको पूजा समितिका संयोजक विरेन्द्रकुमार झा ले बताउनुभयो । समाजले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा प्रदेश एकका सामाजिक विकास मन्त्री जयराम यादव,विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली लगायत सहभागि भएका छन ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net