१२ मंसिर २०७८
विराटनगर बंगाली समाजले आयोजना ग-यो भब्य काली पूजा समारोह
नवीन कर्ण
November 4, 2021
10:03 pm

विराटनगर १८ कात्तिक । दिपावलीको अवसरमा विराटनगरस्थित बंगाली समाजले भब्य काली पूजा समारोहको आयोजना गरेको छ ।

समाजले महानगरपालिकाको वडानम्बर ३ दूर्गाचोकमा कालीपूजा आयोजना गरेको हो । पूजाकालागि श्यामा काली भगवतीको भब्य मुर्ती निर्माण गरिएको छ । बिराटनगर क्षेत्रमा बसोबासगर्ने बंगाली समाज संगठित भएपछि पहिलो पटक सार्वजनिकरुपमा काली पूजा समारोहको आयोजना गरिएको पूजा समारोहका संयोजक असिम मित्रले बताउनुभयो । पूजा समारोहको कार्यक्रम अन्र्तगत (आज) बिहीबार राति १० बजेबाट पूजा शुरु भएर शुक्रबार रातिको बिहान साढे २ बजेसम्म माता कालीको बिशेष पूजा आराधाना गरिने जनाइएको छ ।

सो क्रममा माता श्यामा कालीलाई कुभिण्डोको बलि प्रदान गरिने नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय सदस्य संजय चेलले बताउनुभयो । कात्तिक शुक्ल पक्षकोे औंसीमा काली पूजा गरिने धार्मिक बिधान रहेको समेत उहाँले बताउनुभयो । रात्रीकालिन पूजापाठ पछि शुक्रबार बेलुकासम्म मुर्तीलाई स्थानिय जलाशयमा सेलाईने आयोजक समितिका केन्द्रीय सचिव संजय बरुवाले बताउनुभयो । पूजालाई भब्यरुपमा सम्पन्न गर्न २७ सदस्यिय समिति समेत गठन गरिएको छ ।

समितिमा सह–संयोजक संजिव शुक्ला,सचिव मनोज साह,कोषाध्यक्ष राजकुमार दास र सदस्यहरुमा रोसन दत्त,संजय दत्त,तापस दास र दिपाली चेल लगायत रहनुभएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net