१२ मंसिर २०७८
शहिद परिवारलाई जसपा मोरङको सहयोग
November 4, 2021
7:28 pm

विराटनगर १८ कात्तिक । मधेश आन्दोलनका क्रममा मोरङबाट शहिद भएका परिवारका सदस्यहरुलाई जनता समाजवादी पार्टी (जसपा) मोरङले लत्ताकपडा र खाद्यान्न वितरण गरेको छ ।

२०६२÷०६३ को मधेश आन्दोलन तथा त्यसयता भएका आन्दोलनहरुमा शहिद भएका परिवारका सदस्यहरुलाई जसपा मोरङले दीपावलीको अवसर पारेर लत्ताकपडा र खाद्यान्य वितरण गरेको हो । जसपाका मोरङ अध्यक्ष राजकुमार यादवले शहिदहरुको घरघरै पुगेर लत्ताकपडा र खाद्यान्न प्रदान गर्नुभएको छ । मधेश आन्दोलनमा मोरङमा ९ जना शहिद भएका थिए । शहिद भएका परिवारलाई जसपा मोरङले दिपावलीको सन्र्दभ पारेर प्रत्येक वर्ष लत्ता कपडा र खाद्यान्य वितरणगर्दै आएको अध्यक्ष राजकुमार यादवले जानकारी दिनुभयो । शहिद परिवारको सदस्यहरुले समेत खुशियालीसाथ तिहार मनाउन सकुन उद्धेश्यले नगद समेत प्रदान गरिएको अध्यक्ष यादवले बताउनुभयो ।

उहाँले मधेश आन्दोलनले उठाएका आंशिक मुद्धाहरु बर्तमान संबिधानले संबोधन गरिसकेको बताउनुहुँदै थप अधिकारकालागि संघर्ष जारी रहेको बताउनुभयो । अध्यक्ष यादवले मधेश आन्दोलनमा ज्यान गुमाएका शहिदहरूको बलिदानलाई पार्टीले खेर जान नदिने बताउनुभयो । मधेश आन्दोलनको क्रममा विराटनगर १७ मटेरुवाका बेचन मियाँ, विराटनगर १४ का सदानन्द यादव र राजकुमार कामत, कटहरीका निर्मल राजवंशी, जहदाका तल्लु हास्दा र दिनदयाल मण्डल, रंगेली ६ का द्रोपदी चौधरी, सुनवर्षी नगरपालिका ८ का शिवु माझी, ७ का महादेव ऋषिदेव सहिद भएका थिए ।

शहिद परिवारसंगको भेटघाट कार्यक्रममा जसपा नेपालका केन्द्रीय तथा स्थानिय पदाधिकारीका साथै निर्वाचित जनप्रतिनिधिहरुको समेत सहभागिता थियो ।

 

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net