१२ मंसिर २०७८
विराटनगरमा खुल्यो न्यूरो स्मार्ट अस्पताल ‘आर्या हस्पिटल’
नवीन कर्ण
November 3, 2021
9:45 am

विराटनगर १७ कात्तिक । न्यूरो सर्जरीलाई केन्द्रमा राखी आज (बुधबार) बाट विराटनगरमा आर्या हस्पिटल संचालनमा आएको छ । विराटनगरको वडानम्बर ३ कंचनबाडीचोकमा अस्पताल संचालनमा आएको हो ।

स्वास्थ्य सेवा क्षेत्रमा लामो समयदेखी अनुभव बटुटेलका तिनजनाको लगानीमा सोे अस्पताल संचालनमा आएको हो । न्यूरो सर्जरीमा नाम कमाएका डाक्टर पंकजराज नेपाल र यसअघिदेखी नै अस्पताल संचालनको अनुभव बटुलेका विराटनगरका ब्यवसायी दिनेश ठाकुर तथा फरेन्सिक विज्ञ डाक्टर अर्चना चौधरी नेपालको संयुक्त लगानीमा सो अस्पताल संचालनमा आएको हो । शुरुमा २५ शैय्याबाट अस्पताल संचालन गरिएपनि छ्टिटै ५० शैययामा स्तरोन्नती गरिने संचालक समितिले जनाएको छ । अस्पतालका निर्देशक दिनेश ठाकुरले न्यूरो स्मार्ट हस्पीटलको अवधारणमा अस्पताल संचालनमा ल्याइएको बताउनुभयो ।

उहाँले उपचारकालागि अस्पताल आइपुग्ने विरामीलाई छिट्टो भन्दा छिट्टो उपचार शुरु गराउन स्ट्याण्डर ट्रिटमेन्ट प्रोटोकोल बनाइएको जानकारी गराउनुभयो । उहाँले न्युरो सम्बन्धि शल्यक्रिया तथा जटिल समस्या लिएर आउने विरामीहरुको निर्देशिका अनुसार उपचारगर्दा चांडोभन्दा चांडो उपचार शुरु हुने र जस्लेगर्दा मृत्यू दर समेत घटाउन सकिने दाबी गर्नुभयो । अस्पताल आउने विरामीहरुको उपचार शुरु गराउन कुरुवाहरुको कुदाकुदको अवस्था अन्त्य गर्ने ब्यवस्था समेत गरिएको बताउनुहुँदै उहाँले अस्पताल भित्रिने बित्तिकै प्रशिक्षित स्वास्थ्यकर्मीहरुले नै आवश्यक प्रक्रिया मिलाउन सहजीकरण गर्ने समेत उहाँको भनाई छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर पंकजराज नेपालले यसअघि नेपालमै पहिलो पटक न्यूरो सर्जरी सेवा शुरु गर्ने प्राध्यापक डाक्टर उपेन्द्र देवकोटासंग लामो समय काम गरिसक्नु भएको छ भने बि एन सि अस्पतालमा न्यूरो चिफको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ । अस्पतालले न्यूरो सम्बन्धि सम्पुर्ण सेवाहरुका साथै हाडजोर्नी,नाककान घाँटी,दन्त चिकित्सा तथा जेनेरल ल्याप्रोसिक तथा फिजिसियन सेवाहरु समेत उपलब्ध गराउने जनाइएको छ ।

अस्पतालले सम्पुर्ण खालका ल्याब परीक्षण लगायतका सेवाहरु समेत उपलब्ध गराउने छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net