३१ असोज २०७८
‘बालिकामाथि हुने हिंसा रोक्न राज्य र परिवार एक हुनुपर्छ’
बिनोद मेहता
October 11, 2021
3:37 pm

विराटनगर २५ असोज । विराटनगरमा अन्तर्राष्ट्रिय बालिका दिवस–२०२१ को अवसरमा डिजिटल जेनेरेसन, आवर जेनेरेसन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनी र विराटनगर महानगरपालिका वडानम्बर ६ को समन्वयमा भएको कार्यक्रममा बोल्ने सरोकारवालाहरूले बालिका माथिहुने हिंसा रोक्न राज्यको भूमिका बलियो हुनुपर्ने बताएका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यायल मोरङकी प्रहरी निरीक्षक एन्जिना राईले बालिकामाथि हुने हिंसा रोक्न परिवारमात्र नभएर राज्यको भूमिका पनि बलियो हुनुपर्ने बताउनुभयो । पछिल्लो समय समाज प्रविधिमैत्री बन्दैजांदा बालिकामाथि हिंसाका घटनाहरु बढेको बताउँदै राईले यसको लागि सचेतनामुलक कार्यक्रमका साथै बलियो कानुन ल्याउनुपर्ने बताउनुभयो ।

बालिकामाथि भएको हिंसाको विषयमा पहिले उजुरी वा दर्ता भएपनि पछि मेलमिलाप गरेर परिवार नै पछाडि हट्ने प्रवृत्ति बढेको उल्लेख गर्दै राईले मोबाइल फोनका कारण नग्न भिडियो बाहिर ल्याउनेजस्ता घटना भइरहेको जानकारी दिनुभयो । उहाँले परिवारले उजुरी लिएर प्रहरी कार्यालय आएपनि विवाहको आश्वासन वा केही प्रलोभनमा परेर पछाडि हट्ने प्रवत्ति बढेको समेत बताउनुभयो । विराटनगर–६ की कार्यवाहक वडाध्यक्ष चम्पा कार्कीले हिंसा घरबाट नै उत्पन्न हुने भएकाले यसलाई रोक्नका लागि परिवारको ठूलो भूमिका हुने बताउनुभयो । प्रविधिका कारण हिंसा बढेको बताउँदै प्रविधि चलाउन नजान्दा महिला तथा बालिका हिंसाको शिकार हुनु परेको उहाँको भनाई थियो ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीकी अध्यक्ष मीना जोशी र कोकनका अध्यक्ष कोषराज न्यौपाने लगायतले बालिकामाथि हुने हिंसा न्यूनिकरणगर्न राज्य सहित सरोकारवाला सबैको उत्तिकै भुमिका हुने उल्लेख गर्नुभयो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net