३१ असोज २०७८
यसबर्ष दशैंमा देवी भगवतीको आगमन डोलीमा
नवीन कर्ण
October 11, 2021
1:31 pm

विराटनगर २५ असोज । यसबर्षको दसैंमा देवी भगवतीको आगमन सुखद नरहेको सम्बद्ध पुरोहितहरुले बताएका छन । यसपटक देवीको आगमन र गमन दुवै साईत अनुकुल नरहेकाले सुखद नहुने बिश्लेषण गरिएको छ ।

नवरात्र नजिकिन थालेपछि देवी भगवतीको आगमन र साईतलाई चासोकोरुपमा हेर्ने गरिन्छ । पञ्चाङ अनुसार यसपटको नवरात्रमा देवीको आगमन डोलीमा र गमन हात्तीमा हुँदैछ । डोलीमा देवीको आगमन र हात्तीमा हुने गमन दुवै सुखद नरहेको हिन्दु पुरोहितहरुले बताएका छन । डोलीमा सवार भएर देवीको आगमन हुँदा मृत्यूतुल्य कष्टहरु निम्तिने आकलन गरिएको छ । डोलीमा देवीको आगमन हुँदा लडाईझगडा हुने सम्भावनाहरु बढेर जाने विश्वास गरिन्छ ।

यसैगरि यसपटक देवी हात्तीमा सवार भएर जाने साईत जुरेकाले अतिबृष्टि हुने अर्थात धेरै पानी पर्नसक्ने शास्त्रिय मान्यता रहेको विराटनगरस्थित काली मन्दिरका पुजारी बिष्णुहरि दाहालले बताउनुभयो । मान्यता जेजस्तो भएपनि हिन्दु धर्मावलम्बीहरु यतिखेर दसैंको चाडलाई आआफ्नै तरिकाले मनाई रहेका छन । २ बर्षयता कोरोना महामारीका कारण सबै धर्मसंस्कृतिका चाडपर्वहरु प्रभावित भइरहेको अवस्थामा पछिल्लो समय संक्रमण दरमा केहि कमि आएपछि सर्वसाधारण दसैंको रौनकमा रम्ने प्रयास गरिरहेका छन । जोखिमको अवस्थालाई ध्यानमा राखेरै मन्दिर र देवस्थलहरुमापनि सर्तकता र सावधानीहरु अपनाइएका छन ।

विराटनगरको मेनरोडमा रहेको काली मन्दिरमा समेत स्वास्थ्य सुरक्षाका उपायहरु अपनाइएका छन । मन्दिर प्रवेश गर्ने सबैलाई स्वयंसेवकहरुले सेनिटाईजर उपलब्ध गराउने गरेका छन भने भक्तजनहरुलाई मन्दिर परिसर बाहिरै धुपदिप बाल्न अनुरोध गरिएको छ । मन्दिर परिसरमा पर्याप्त स्वयंसेवकहरु परिचालन गरेर भीडभाड हुन नदिने ब्यवस्था गरिएको कालीमन्दिर स्वयं सेवक परिचालन समितिका उपसंयोजक दिपक साहले बताउनुभयो । यसबर्ष असोज २१ गते बिहीबार घटस्थापनाबाट शुरु भएको नवरात्र २९ गते बिजया दसमी मनाएसंगै समापन हुँदैछ ।

यसबीचमा पञ्चाङ्ग निर्णायक समितिले असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व निर्धारण गरेको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net