३१ असोज २०७८
ब्राउन सुगर सहित मोरङका एक युवा पक्राउ
October 10, 2021
1:29 pm

विराटनगर २४ असोज । मोरङको केराबारी गाऊँपालिका ७ डांगीबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक यूवालाई लाई पक्राउ गरेको छ । केराबारी ७ का ३० बर्षिय बिशाल लिम्बुलाई प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

शनिवार बिहान ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले उनलाई १ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका लिम्बुका बिषयमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

यसैबीच मोरङको सुनवर्षी नगरपालिका ९ डायनियाका श्याम प्रसाद सिंहको ३ बर्षिय छोरा अजित सिंहको पोखरीमा डुबी मृत्यु भएको छ । शनिबार दिउँसो आमासँग पोखरीमा गएका बालक आमा लुगा धुईरहेकोमा खेल्ने क्रममा पोखरीमा डुबी घाईते भएको तथा उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net