३१ असोज २०७८
साहको नेतृत्वमा दर्जन बढी जसपामा प्रवेश
October 10, 2021
8:59 am

विराटनगर २४ असोज । बिराटनगरका समाजसेवी तथा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य सामाजिक अभियन्ता गणेश कुमार साहको नेतृत्वमा विभिन्न पार्टीबाट दर्जन बढीले जनता समाजवादी पार्टी नेपालमा पार्टी प्रवेश गरेका छन ।

जसपा मोरङ्ग जिल्ला समन्वय समितिको बिराटनगर १४ स्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आएकाहरुले जसपामा पार्टी प्रवेश गरेका हुन । कार्यक्रममा गणेश कुमार साहको नेतृत्वमा नेकपा एमाले क्षेत्रीय सदस्य सोनु चौधरी,राप्रपाका क्रियाशील सदस्य निता नेपाली र दिल बहादुर नेपाली,राप्रपाका क्षेत्रीय समिति सदस्य शंकर साह लगायतले जसपा नेपालको पार्टी सदस्यता लिएका छन ।

जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा राकेश रोशन यादव, वसिर अन्सारी, विक्रम आदित्य चौधरी, विक्रम कामत, कमल गुरुङ्ग, सुरज नारायण यादव, केशरमान राई, दशरथ रुम्दाली, खड्ग राई र प्रकाश मण्डलगरि १० जनालाई जिल्ला कार्यसमितिमा मनोनित गरिएको जसपा मोरङले जानकाएको छ । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य भुराज राई, नगर सचिव रामचन्द्र यादव, पूर्व सांसद जोगिलाल यादव,संघीय परिषद सदस्य अमृत महतो, महानगरिय कार्यवाहक अध्यक्ष मो. नसरुल,समाजवादी ट्रेड युनियनका प्रदेश सचिव तथा नगर सदस्य विकास कुमार मण्डल समेतको उपस्थिती रहेको थियो ।

पार्टीमा नवआगन्तुक सदस्यहरुलाई जसपाका केन्द्रीय तथा जिल्ला नेताहरुले फुलमाला र अबिरसहित स्वागत गरेका थिए ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net