३१ असोज २०७८
विराटनगर बजारमा पेस्तोलधारीद्वारा दिउंसै लुटपाट
October 8, 2021
3:31 pm

विराटनगर २२ असोज । हथियारधारीहरुको एक समुहले विराटनगरको मुख्य बजारमा रहेको एउटा उद्योगको विक्री कक्षमा लुटपाट गरेको छ । हथियारधारीको समुहले विराटनगरको वडानम्बर ७ मेनरोडमा रहेको वडा प्रहरी कार्यालय (क) नजिकै दक्षिणतर्फ रहेको कोटेक्स गंजी उद्योगको विक्री कक्षमा लुटपाट गरेका हुन ।

आज (शुक्रबार) दिउँसो सवा ११ बजे हतियारसहित आएका तीन जनाको समुहले सो उद्योगको बिक्री काउन्टरमा लुुटपाट गरेका हुन । पेस्तोल सहित उद्योगको विक्री कक्षमा प्रवेश गरेका तीन जना मध्येका एकजना पेस्तोलधारीले कोटेक्स उद्योगका संचालक मनोज तोदीलाई पेस्तोलले हिर्काएर घाईते समेत बनाएका छन । लुटपाट गर्ने क्रममा क्यास बक्समा थोरै रकम फेलापरेपछि गिरोहका एकजनाले तोदीलाई पेस्तोलले हिर्काउदा उनको टाउको फुटेको पीडितका आफ्न्तले बताएका छन । घटनापछि उनको विराट नर्सिङ होममा उपचार गराइएको छ । उनको टाउकोमा ४ वटा टांका लगाइएको पीडित पक्षका आफ्न्तले बताएका छन ।

उद्योगको विक्री कक्षमा प्रवेश गरेपछि पेस्तोलधारीहरुले भित्रबाट अफिस कोठा थुनेर लुुटपाट गरेको पीडित तोदीले बताउनुभयो । सो क्रममा उनिहरुले क्यास बक्समा रहेको १२ हजार बढी रकम र ४ थान मोबाईल लिएर भागेको बताइएको छ । लुटपाट गर्न आएका तीन जना लुटेराहरुमध्ये २ जनाले पेस्तोल बोकेका थिए । घटनाको बिषयमा छानबीन गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर जानकारी लिएको छ ।

उक्त घटनाको बिषयमा अनुसन्धान भइरहेको र लुटेराहरुको खोजीमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net