३१ असोज २०७८
कर्जामा बैंकको ब्याजदर घटाउन उद्योगिले बुझाए सरकारलाई ज्ञापनपत्र
नवीन कर्ण
October 4, 2021
6:30 pm

विराटनगर १८ असोज । विराटनगरका उद्योगि ब्यवसायीले बैंकको कर्जादर घटाउन सरकार सामु माग गरेका छन । उद्योगि ब्यापारीहरुको संस्था विराट ब्यापार संघले आज नेपाल सरकारका अर्थमन्त्री जर्नादन शर्मालाई सो बिषयको ज्ञापनपत्र पठाएको हो ।

संघको अगुवाइमा पुगेका पदाधिकारी र उद्योगि ब्यापारीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत नेपाल सरकारलाई ज्ञापत्र पठाएका हुन । विराट ब्यापार संघका अध्यक्ष सुजन थापाले मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई अर्थमन्त्रीलाई सम्बोधन गरिएको उक्त बिषयको ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो । अर्थमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा सरकारले कोभिड न्युनिकरणको उद्धेश्यसहित जारी गरेको लकडाउन र निषेधाज्ञा पालना गर्ने क्रममा उद्योगि ब्यवसायीहरु धराशायी भएको उल्लेख गरिएको छ ।

उद्योगि ब्यवसायीहरुले भारी क्षति बेहारिसकेको अवस्थामा पछिल्लो समय बैंकहरुले कर्जामा ब्याजदर बृद्धि गरेका कारण ब्यापारीहरु थप आहत भएको जानकारी गराइएको छ । रुग्ण भएका उद्योगहरुलाई पुनरुत्थान गर्नु राज्यको दायित्व भएकाले ब्याज दर लगायतका समस्यालाई सहजिकरण गरिदिन उद्योगिहरुले पठाएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र ग्रहण गर्नुहुँदै प्रमुख जिल्ला अधिकारीले उद्योगिहरुले बुझाएका ज्ञापनपत्र सम्बोधनका निम्ति सम्बन्धित मन्त्रालयमा पठाईने बताउनुभयो । उद्योगिहरुले सोहि ब्यहोरा उल्लेख गर्दै नेपाल राष्ट्र बैंकका गर्भनरलार्इृ समेत ज्ञापनपत्र पठाएका छन । विराटनगरस्थित राष्ट्र बैंक मार्फत गर्भनरलाई ज्ञापनपत्र पठाइएको हो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net