३१ असोज २०७८
अपराधिक घटना न्युनिकरणगर्न प्रहरी–समुदाय साझेदारी आवश्यक
नवीन कर्ण
October 4, 2021
6:24 pm

विराटनगर १८ असोज । आसन्न चाडपर्वको बेला आपराधिक घटनाका साथै कोभिडको संक्रमण बढ्नसक्ने बिषयप्रति सबै सचेत रहनुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

सामुदायिक प्रहरी सेवाकेन्द्र रानीले आज आयोजना गरेको शुभकामना आदनप्रदान तथा अन्र्तरक्रियात्मक कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो बताएका हुन । सो अवसरमा बोल्नुहुँदै विराटनगर १६ का वडाध्यक्ष मनोज सुब्बाले चाडवाडको बेला आपराधिक मानसिकताका ब्यक्तीहरु समेत सक्रिय हुने गरेकाले अपराधका घटनाहरु बढने गरेको बताउनुभयो । ब्यक्ती स्वयंको सजगता र एकिकृत प्रयासबाट त्यस्तो प्रबृतिलाई निरुत्साहित गर्न सकिने उहाँले बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष किशोर सुब्बाले समाजमा हुने हरेक प्रकारको अपराधलाई न्युनिकरणगर्न समुदायले प्रहरीसंग सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो । रिह्याब सेन्टरका तर्फबाट बोल्नुहुँदै अभियानकर्मी संजिव चापागाईले चाडबाडकै बेला मनोरंजनका नाममा गरिने लागूऔषधको सेवनले युवाहरु दुब्र्यसनको शिकार हुने गरेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसिले समाजमा हुने हरेकखालका अपराध न्यूनिकरणगर्न प्रहरीलाई सबैको साथ र सहयोग आवश्यक रहेको बिषयमा जोड दिनुभयो ।

भारतको जोगबनी नगर परिषदका पुर्व उपमेयर नरेशप्रसादले सिमाक्षेत्रमा हुने लागुऔषधको कारोबार न्यूनिकरण गर्न भारतीय र नेपाली प्रशासनले मिलेर सहकार्य गर्नुपर्ने बिषयमा जोड दिनुभयो । रानी हेल्थ डेस्कका प्रमुख डाक्टर कमलकिशोर यादवले कोभिडको संक्रमण जारी नै रहेकाले आसन्न चाडपर्व मनाउने बेलामा सर्तकता अपनाउनुपर्ने सुझाव दिनुभयो । चाडपर्वको नाममा स्वास्थ्य सम्बन्धि प्रोटोकोललाई अवहेलनागरे आउदो दिनमा संक्रमितको संख्या बढ्नसक्ने तर्फ सबै सचेत रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जनता समाजबादी पार्टी नेपालकी महिला नेतृ सदिना खातुन,माईती नेपाल विराटनगरकी कार्यक्रम संयोजक गिताञ्जली शर्मा र सामुदायिक सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मिना जोशी लगायतले चाडपर्वको बेला प्रहरीले बिशेष सुरक्षा सर्तकता अपनाउनुपर्ने सुझाव दिनुभयो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net