३१ असोज २०७८
चारजना जेष्ठ नागरीक सम्मानित
October 3, 2021
7:46 pm

विराटनगर–१७ असोज । ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको सन्दर्भ पारेर विराटनगरमा ४ जना जेष्ठ नागरीकलाई सम्मान गरिएको छ । १ नम्बर प्रदेश ज्येष्ठ नागरिक महासंघ विराटनगरले एक कार्यक्रमको आयोजनागरि ४ जना बयोबृद्ध जेष्ठ नागरीकहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुने जेष्ठ नागरीकहरुमा विराटनगर ८ का १०२ बर्षिय बलबहादुर आचार्य,विराटनगर – १२ का ९७ वर्षिय नन्दमाया ढकाल, विराटनगर १२ कै ९६ वर्षीय विष्णुमाया भट्टराई र षडानन्द गाउँपालिका वडाम्बर ५ भोजपुरका ९७ वर्षीय धनमाया खड्कीनी हुनुहुन्छ । उहाँहरुलाई प्रदेश एकका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले दोसल्ला र नगदसहित सम्मान गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै मन्त्री साम्सोहाङले मुलुकको मुल कानुन संबिधानले नै जेष्ठ नागरीकहरुको हक अधिकार सुनिश्चित गरिदिएको बताउनुभयो । जेष्ठ नागरीकहरुको अनुभव र सिपबाट नयाँ पुस्ताले लाभ लिनुपर्ने सुझाव समेत उहाँले दिनुभयो ।

आयोजक १ नम्बर प्रदेश जेष्ठ नागरिक महासंघ विराटनगरका अध्यक्ष मणिकुमार अज्र्यालले संबिधानले जेष्ठ नागरीकहरुको अधिकार सुनिश्चित गरेपनि ब्यवहारत जेष्ठ नागरीकहरुले अनेकौ समस्या झेल्नु परिरहेको बताउनुभयो । जेष्ठ नागरीकहरुका पक्षमा बनाइएको नितिनियम र कानुनहरुलाई कडाईकारुपमा कार्यान्वय गराउन सबैले दायित्व बोध गर्नुपर्ने उहाँको भनाई थियो ।

जेष्ठ नागरीकका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै अधिवक्ता डाक्टर मेदिनी सेढाईले जेष्ठ नागरीकहरुको अधिकार सुनिश्चित भइसकेको भन्ने गरिएपनि ब्यवहारिकरुपमा त्यसो हुन नसकेको तथ्य प्रस्तुत गर्नुभयो । यसबर्ष ‘सबै उमेर समुहकोलागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने मुल नाराका साथ ३१ औँ अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदैछ । कार्यक्रममा सामाजिक विकास मन्त्रालय अन्र्तगतको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बराल,प्रदेश १ जेष्ठ नागरिक संघ मोरङका अध्यक्ष जगत अर्याल लगायतको सहभागिता रहेको थियो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net