३१ असोज २०७८
प्रदेशस्तरिय शेयर बजार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
बिनोद मेहता
October 2, 2021
6:36 pm

विराटनगर १६ असोज । नाशा इन्भेष्टमेन्ट प्रालिको आयोजनामा विराटनगरमा शेयर बजारसम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

आयोजक नाशा इन्भेष्टमेन्टले शेयर सचेतना सम्बन्धि छैठौं श्रृंखलाकोरुपमा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको हो । शेयर सम्बन्धि चासो राख्ने र क्याम्पसका विद्यार्थीलाई सहभागि गराएर कार्यक्रम आयोजना गरिएको हो । सहभागिलाई शेयर बजारसम्बन्धी अधारभूत ज्ञान र यसको उपयोगिताका बिषयमा जानकारी गराइएको आयोजक संस्थाका अध्यक्ष अरविन्द मेहताले जानकारी दिनुभयो ।

सो अवसरमा अर्थ सरोकार डटकमका सुरज प्याकुरेल,मोहनप्रसाद सुवेदी र आयोजक संस्थाका अध्यक्ष मेहताले सहभागिलाई शेयर बजारमा लगानी गर्दा अपनाउनुपर्ने सावधानी लगायतका बिषयमा बिस्तुत जानकारी प्रस्तुत गर्नुभयो । यसैबीच कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएकाहरुलाई सम्मान समेत गरिएको थियो । सो क्रममा आयोजक संस्थाले ४ जनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा हरिनगर गाउँपालिकाका अध्यक्ष गप्फार अंसारी,विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर ज्ञानेन्द्रबहादुर मल्ल,विराटनगरका स्वेच्छिक समाजसेवी देवकिसन मुन्दडा र बुढीगंगा गाउँपालिकास्थित नरग्राम माध्यमिक विद्यालयका प्रध्यानाध्यापक भिमबहादुर बस्नेत हुनुहुन्छ । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर बाबुराम तिम्सिनाले सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै प्रमुख तिम्सिनाले शेयर सचेतना सम्बन्धि कार्यक्रमले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउन प्रभावकारी हुने विचार ब्यक्त गर्नुभयो । कार्यक्रमको व्यवस्थापन ड्रिम इभेन्ट म्यानेजमेन्ट हरिनगरले गरेको थियो भने अर्थ सरोकार डटकमले सहजीकरण गरेको थियो ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net