३१ असोज २०७८
धनपालथानको दधिकट्टामा जितियाको रौनक
September 30, 2021
9:47 am

१४ असोज २०७८,धनपाल

धनपालथान १४ असोज । मोरङको धनपालथान गाउँपालिका–५ दधिकट्टामा जितिया पर्व समारोह सम्पन्न भएको छ ।जितिया पर्व समारोह समितिको आयोजनामा समारोह सम्पन्न भएको हो ।

तराईबासी महिलाहरुले बिशेष निष्ठाका साथ बर्षेनी जितिया पर्व मनाउँदै आएका छन । सो अवसरमा जितिया सम्बन्धि गित संगितका साथै स्थानिय कलाकारहरुले जितिया बिशेष गित र नृत्य प्रस्तुत गरे ।

सो अवसरमा बोल्नुहुँदै कार्यक्रममा प्रमुख अतिथि जनता समाजबादी पार्टी नेपालका  मोरङ अध्यक्ष राजकुमार यादवले जितिया पर्व मधेशको संस्कृतिसंग जोडिएको पर्व रहेकाले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कलासंस्कृतिलाई जोगाउन सकेमात्र कुनैपनि समुदायको अस्तित्व जोगिने भएकाले यसतर्फ सबै सचेत रहनुपर्ने जोड दिनुभयो ।

बिशेष अतिथि संविधान सभा सदस्य रामानन्द मण्डलले पछिल्लो समय पाश्चात्य संस्कृतिले मौलिक कला संस्कृतिलाई ग्रसित गर्दै लगेकोमा चिन्ता ब्यक्त गर्नुभयो । मौलिक संस्कृतिलाई जोगाउन राज्यले बिशेष भुमिका खेल्नुपर्ने भएपनि राज्यले अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो गर्नुभयो ।

विराटनगर न्यूज मिडिया प्रालिका अध्यक्ष मृत्यूञ्जय झाले उपेक्षित वर्ग समुदायका चाडपर्व तथा कलासंस्कृतिलाई जोगाईराख्न स्थानिय तह,प्रदेश र संघीय सरकारले बिशेष निति ल्यउनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा रामानन्द राय,कुमोद राय,कालु खवास,ओम खवास,मोहम्म साहिल सहित स्थानिय समाजसेवी,कलाकर्मी र राजनितिकर्मीहरुको सहभागिता रहेको थियो । तराईबासी महिलाहरुले सन्तान तथा श्रीमानको दीघायूको कामनासहित जितिया पर्व मनाउने गरेका छन ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net