३१ असोज २०७८
काेराेना महामारिमा शिक्षककाे जीवन
September 16, 2021
9:06 am

ए हजुर सुन्नुन , आउँदा सब्जी र यता उति भान्सा का समान ल्याउनु है! ५५ बर्से दम का सिकार मेरा बा को औषधि लिन जाने बेला बुढी ले भनी , घरमाथी बाट छोरो करायो ,बाबा त्यो नेट बनाउनेलाई नि बोलाउनुन स्कुलमा क्लास छुटिसक्यो।हल्का गोजि र भारी मन लिएर घर बाट बाहिरिए म।अलि पर पुग्दा सब्जी रखेको देखे ,गोजिमा ५०० थियो ,बाको औसधि र सब्जी दुबै सम्झेर बोकेको पैसा।सब्जी सोधे ,कुनै किनौ लागेन,मैले किलो को हिसाब गरेका सब्जी हरुको दाम पाउ मा पुगेको रैछ,सब्जी सोधेर यसै फर्किन अलि मन ले मानेन,घर मा झुन्डिएको घिरौला देख्दा जरो उखेल्ने म आज त्यहि घिरौलो सोधेँ । ८० रे किलो को,के विधि महँगो सबै भन्दा अन्तिम दाम बोकेर बसेको त्यही हरियो घिरौलो रहेछ त्यही बोकेर हिडे ,बाको औसधि किन्नु थियो पसल गएर किने औषधि मा नि ५०/६० रुपैया बढाउन भ्यएसकेका रहेछ्न्न ,झट्ट सम्झे छोरो ले भनेको ,बिचारा उसलाई क थाहा पैसा सक्केर तिर्न नपाएर नेट काटिएको भनेर उसलाई भन्न मन नमानेर बिग्रेको भन्दिन्को २ महिना भैसकेको थियो ।बिचारा छोरो भित्रै बाट माया लागेर आयो ,गोजि पुरै खाली र मन पुरै भारी बनाएर घर फर्किए। हामी घर मा ५ जाना को परिवार मिलेर बस्याछौ, बाआमा घरै बस्नु हुन्छ ,एउटा सानो बालख छोरो छ,हामी बुढा बुढी स्कुल पढाउछौ ,भनौ पढाउथौ।म स्कुल को प्रधानाध्यापक हो ,बुढी नि पढाउथि, अहिले भने चुपचाप सङ बसेका छौ ,हिडौ भन्दा रोग ले मरिएला भन्ने डर,नहिडौ त घर को छानो चुहिए झै मन चुहिएको छ। बिहान देखि लिस्ट बन्ने गर्छ घर मा ,बुढी भान्सा को बनाउछे ,छोरो उस्लाइ घर भित्र खेल्ने सामाग्री को बनाउछ,बुबा आमा औसधि को अनि म मेरो ऋण तिर्नुपर्ने दिनहरुको। घरैमा बसेर पोसिलो खाने कुरा खानु पर्छ रे यो रोग लाग्न नदिन ,आज घरै बसेको नि ६ महिना पुग्यो ,पोसिलो खाने कुरा त अझै हामी घरै हुँदा नि पाहिने रैछ नपाहिने त पैसा रहेछ।

पोहोर साल बाआमा लाई फकाएर सहर जाउ हामी ,एउटा स्कुलमा लागानी गर्ने कुरा मिलाएको छु,नाति नि उतै पढ्छ ,हामी दुई त्यही पढाउछौ,हजुर हरु अलि सेटल नहुन्जेल कोठा भाडा मा बस्नु हामी संगै भनेर ल्याको थिए,बल्ल बल्ल छोरा को खुसी का लागि बा ले आफ्नो जन्मथलो नि बेच्नु भाको थियो।पोहोर लगानी गरेको त्यही मासिक तलब बाहेक केही भएन यो पाली यस्तो रोग आइदियो।नाम को प्रधानाध्यापक राखिएको म ,छोरो को क्लास को लागि नेट जोड्ने हैसियत छैन । कुन मुख देखाउनु बाआमा लाई अब जस्तो लाग्छ। यता उति गरेर खाइरहेका बाआमा लाई जम्मा ३ कोठा कैदि बनाएको छु । बालख छोरो को इच्छा पूरा गर्न नसकेर उ निदाए पछि मात्र नरम हुन्छु र उस्लाइ सुम्सुमाउछु। बिचरी बुढी सुख दिन्छु भनेर उस्का बाआमा को काख बाट ल्याए ,अहिले उस्का चाहाना के के छ्न्न भनेर जानी सक्दा नि नजानिदो हुन्छु।चाहेर हैन बाध्यता ले मलाइ कठोर बनायो। सबैलाइ सुख दिउला भनेर लागानी गरेको स्कुल दिन मा एकचोटी हेर्न जान्छु ,अनि घर को अबस्था देखेर आँखा रसाउछ,फेरि छोरा मान्छे त्यसमाथी घरमुलि म रुन पनि नमिल्दो रैछ ।यसै कस्तो घाम मा निक्लिनै नहुने आँखा पोलेर आसु आइहाल्छ भन्दै घर आएर बस्छु।यो लकडाउन काहा सबैको लागि सजिलो छ र ।आफन्त सङ दुरि अपनाउनु पर्ने रोग आइदियो,आफ्ना को दुख देख्न नपर्ने रोगनि आइदियोस अब।

                                      ✍️महिमा

विराटनगर ३

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net