३१ असोज २०७८
Purwanchal College of Science & Technology को एक परिचय
September 13, 2021
7:50 pm

मोरङ्ग जिल्लाको साविक टंकिसिनवारी गा.वि.स. वडा नं. ३ हाल बुढीगंगा गाउँपालिका वडा नंं. १ मा २०६३/०६६ साल देखि सामान्य फोटो स्टुडियो र नेट फोनबाट सुरु गरी बदलिदो परिवेश अनुरुप कम्प्यूटर समेत राखी त्यसैबाट कम्प्यूटरसगँ खेल्दै सिक्दै त्यसैलाई आफ्नो पेशाका रुपमा स्थापित गर्ने उद्देश्यका साथ २०६५/०५/०५ मा पूर्वाञ्चल कम्प्यूटर प्रशिक्षण केन्द्र नामले साना तथा घरेलु उद्योग र राजश्व कार्यालय विराटनगरमा दर्ता गरि सरकारले तोके बमोजिमको कर बुझाई समय अनुरुप स्कुल कलेजका विद्यार्थी, गृहिणी, सरकारी जागिरे तथा लोकसेवा प्रति आकर्षित यूवा पुस्ताहरुलाई गुणस्तरिय ढंगबाट कम्प्युटर शिक्षा प्रदान गर्दैै आइरहेको

र हाल त्यतिले मात्रै सम्भव नहुने आजको २१ औँ शाताब्दिको प्राविधिको यूगमा सबैलाई प्राविधिक क्षेत्रमा आधुनिक प्रविधिको ज्ञान हुनु जरुरी छ ।

 

त्यहि कुरालाई मध्य नजर गर्दै विराटनगरको उत्तरी क्षेत्र हालको ग्रामथान गाउँपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिकाका लगायत विराटनगरका केही वडाहरुलाई सेवा क्षेत्र निर्धारण गरि यस क्षेत्रमा कुनै पनि प्राविधिक शिक्षा प्रदान गर्ने संस्था नरहेको अवस्थामा मिति २०७३ साल भाद्र ६ गते

 

नेपाल सरकार र प्राविधिकि शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) बाट स्कीकृति लिई पूर्वाञ्चल कलेज अफ साइन्स एण्ड टेक्नोलोजी विराटनगर प्रा.लि. नाम दर्ता गरि २०७४ साल वैशाख १ गते देखि आफ्नै सुविधा सम्पन्न भवनमा स्कुल कलेजका विद्यार्थी, गृहिणी, सरकारी जागिरे

तथा लोकसेवा प्रति आकर्षित यूवा पुस्ताहरु, विभिन्न जातजाति, गरिव, दलित तथा पिछडिएकावर्गहरुलाई सहज रुपमा कम्प्यूटर तालिम, मोवाइल

मर्मत तालिम, टिउसन कक्षा, लोकसेवा तयारी कक्षा, जापानी भाषा तथा कोरियन भाषाको कक्षाहरु साथै अन्य प्रविधिक तालिमहरु संचालन गर्दै आइरहेको छ । जसले गर्दा धेरै भन्दा धेरै सिकारुहरुले क्षमता विकास गरि सरकारी तथा निजी क्षेत्रमा सेवा गर्ने अवसर

 

पं्राप्त गर्नुका अतिरिक्त स्व रोजगार बन्दै आइरहेका छन् ।

 

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net