३१ असोज २०७८
परिक्षा अगावै प्रश्नपत्र आउट गर्ने पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जना पक्राउ
April 25, 2021
2:16 pm

विराटनगर, १२ वैशाख । विद्यार्थीहरूसँग मोटो रकम लिएर परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि नै प्रश्नपत्र आउट गर्ने पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एक जना कर्मचारी र ९ जना विद्यार्थीहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंदेखि शनिबार राती पक्राउ गरि ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरदेखि पक्राउ गरेको हो । यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरि शिक्षा ऐन अनुसार म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि ३ वैशाखमा बाहिरिएको थियो । १ बजेदेखि हुने फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडी कर्मचारीको मिलेमेतामा ११ बजे प्रश्नपत्र आउट भएको खुलेको छ ।

परीक्षा अघि प्रश्न पत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रक कार्यालयका प्रमुख प्रा.डा. सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएका थिए । उनले प्रश्नपत्र आउट भएपछि अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए ।

प्रहरीले गहन रूपमा अनुसन्धान गरेपछि प्रश्नपत्र आउट भएको घटनामा संलग्नहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले पुष्टि गरेका छन् । पक्राउ परेका विद्यार्थी र कर्मचारीलाई केहीवेरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने मोरङ प्रहरीले तयारी गरेको छ । सोही कारण प्रहरीले पक्राउ परेका सबैको नाम गोप्य राखेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजार भन्दा बढी रकम दिएको खुलेको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net