३१ असोज २०७८
प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सञ्चालन हुँदै
January 7, 2021
1:09 pm

विराटनगर, २३ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धि गरिने भएको छ । कामदारमा दक्षता अभिबृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले प्रदेश १ मा परियोजना स्ुरु हुन लागेको हो ।

कृषि, पर्यटन र निर्माण क्षेत्रका कामदारहरुको दक्षता र शिप विकासका लागि परियोजना सञ्चालन हुन लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल संघ नेपालको सहकार्यमा युरोपियन युनियनको आर्थिक सहयोग तथा ब्रिटिस काउन्सीलको व्यवस्थापनमा सञ्चालीत दक्षता परियोजनाको सहयोगमा कृषि, पर्यटन र निर्माण क्षेत्रका कामदारहरुलाई लक्षित गरि Establishing Employer led labour market secretariat (ELMS project) कार्यान्वयन गर्न लागिएको हो ।

सो परियोजनाको बारेमा जानकारी तथा यसका गतिविधिका बारेमा सरोकारवालाहरुलाई अवगत गराउने उदेश्यले प्रदेश १ को राजधानी विराटनगरमा परियोजना लन्च हुन लागेको हो । भोलि पुस २४ गतेदेखि उक्त परियोजना औपचारिकरुपमा सुरु हुने जनाइएको छ ।

विराटनगरस्थित इस्टर्न स्टार होटलमा शुक्रबार परियोजना लन्च हुनेछ । सो परियोजनाको उद्घाटन प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीस कुसियतले गर्ने नेपल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ का अध्यक्ष राजेश कोइरालाले निरौलाले जानकारी दिए । कोइरालाका अनुसार कार्यक्रममा प्रदेश १ का मोरङ, झापा र सुनसरीका सरोकारवालाहरुको सहभागिता रहने छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net