३१ असोज २०७८
बाबुराम भट्टराईको नयाँ पुस्तक बजारमा
December 10, 2020
1:10 pm

काठमाडौं, २५ मंसिर-पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ-राजनीतिक विमर्श’ प्रकाशित भएको छ । पुस्तकमा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ, जसमा राजनीतिक ‘वाद’देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरू समेटिएका छन्  ।

पुस्तकका सन्दर्भमा भट्टराई भन्छन्, ‘पुराना पार्टीहरू र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरू पनि मौजुदा गतिरोध र असामान्जस्यमा फसिरहेको सन्दर्भमा यो पुस्तकलाई वैचारिक बहसको थालनीको रूपमा लिएको छु ।’

पुस्तकमा डम्बर खतिवडाले भूमिकामा लेखेका छन्, ‘यो पुस्तकले एक्काइसौँ शताब्दीको वैश्विक-वैचारिक परिवेशलाई बुझ्न र विशेषत: उतर-गणतान्त्रिक युगको नेपाली राजनीतिको भावी कार्यदिशा निर्धारण गर्न गहिरो अभिप्रेरणा दिनेछ ।’

‘अर्थ-राजनीतिक विमर्श’ पुस्तकले सबै खेमाका राजनीतिक अभियन्ता, विकास समृद्धिका आकांक्षी, नीति-निर्माता र विशेषत: जिज्ञासु युवालाई आवश्यक सन्दर्भ सामग्री र बौद्धिक खुराक प्रदान गर्ने सांग्रीला बुक्सकाे विश्वास छ ।  २ सय ७४ पृष्ठ लामाे पुस्तककाे मूल्य ४ सय ६४ रुपैयाँ राखिएकाे छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net