३१ असोज २०७८
हेटौँडामा गरिएको परीक्षणमा १ सय १६ जनालाई कोरोना
June 21, 2020
4:24 pm

हेटौँडा, ७ असार-बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थापना गरेको हेटौँडास्थित कोरोना प्रयोगशालामा गरिएको पीसीआर परीक्ष्णमा अहिलेसम्म १ सय १६ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा प्रयोगशाला स्थापना गरेदेखि ५ असार साँझसम्मको तथ्यांकअनुसार सो संख्यामा कोरोना संक्रमित भेटिएका हुन् ।

प्रयोगशालाका अनुसार बागमती प्रदेशका ८, प्रदेश २ का ३ जिल्ला (जनकपुरबाहेक) र सल्यानसहित कुल १३ जिल्लाको स्वाब परीक्षण गरिएको छ ।

प्रयोगशालामा शनिबारसम्म ५ हजार ३ सय ८१ स्वाब प्राप्त भएको छ । प्राप्त नमुनाहरू परीक्षण गर्दा १ सय १६ जनामा पोजिटिभ देखिएको थियो भने ४ हजार ९ सय ५६ वटाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार थप ३ सय ९ वटा स्वाब परीक्षणको क्रममा रहेका छन् ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net