३१ असोज २०७८
कोरोनाबाट बागमती प्रदेशमा मात्रै ३ जनाले ज्यान गुमाए
June 6, 2020
1:39 pm

हेटौँडा, २४ जेठ-कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका छन् भने ४९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण सिन्धुपाल्चोक, दोलखा र ललितपुरका १–१ जनाको ज्यान गएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना विभाग हेर्ने डा पुरुषोत्तम सेढाईंले जानकारी दिए ।

उनका अनुसार प्रदेशका १३ जिल्लामध्ये सङ्घीय राजधानीसमेत रहेको काठमाडौंमा सबैभन्दा धेरै २३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने रामेछापमा १९, चितवन, काभ्रे र मकवानपुरमा ६–६, भक्तपुरमा पाँच, धादिङ र सिन्धुलीमा चार–चार, ललितपुर र नुवाकोटमा तीन–तीन, सिन्धुपाल्चोक र दोलखामा दुई–दुईजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार वाग्मती प्रदेशका विभिन्न स्थानमा ८ हजार ११६ वटा क्वारेन्टाइन श्यया रहेका छन् भने तीन हजार १०० जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै झण्डै ५०० जना होम क्वारेन्टाइनमा रहेका छन् । प्रदेशमा रहेका एक हजार छ वटा आइसोलेशन श्ययामा हाल ४४ जनालाई राखिएको छ ।

प्रदेशमा १० हजार १०३ जनाको पिसिआर प्रविधिबाट कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको छ । प्रदेशमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका ८३ जनामध्ये प्रदेश सरकारले सञ्चालन गरेको ल्याबबाट १५ जना र सङ्घीय सरकारद्वारा सञ्चालित ल्याबबाट ६८ जना रहेका छन् । मन्त्रालयका अनुसार प्रदेशमा भएको २६ हजार ७६३ जनाको आरडिटी परीक्षणमा ५२५ जनामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।  – रासस

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net