१२ मंसिर २०७८
सुनसान कैलाश मानसरोवर तीर्थयात्रा
May 5, 2020
10:38 pm

सुर्खेत, २३ वैशाख-यो मौसममा नेपालगंज, सुर्खेत र हुम्ला विमानस्थलमा कैलाश मानसरोवर जाने तीर्थयात्रीका कारणले निकै चहलपहल हुने गथ्र्यो । तर, यस आर्थिक वर्षमा कोरोना भाइरसका कारणले भएको लकडाउनले अहिले सुनसान जस्तै बनेको छ ।

हुम्लाको सिमकोट हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको कैलाश–मानसरोवर दर्शन गर्न भारतीय तीर्थयात्री घुइँचो लाग्ने गरेको थियो । मानसरोवर कैलाश दर्शन गर्न जाने मुख्य बाटो हुम्लाको नाम्खा गाउँपालिकाको हिल्सा नाका भएकाले हरेक वर्ष जेठ महिनादेखि भारतीय नागरिकलगायत अन्य देशका नागरिक हुम्लाको सिमकोट हुँदै मानसरोवर कैलासको दर्शन गर्न जाने गरेका थिए ।

हुम्लाका तीर्थयात्रा जाने पर्यटक यो मौसममा चहलपहल निकै हुने गरेको होटेल संघ हुम्लाका सचिव विनोद लामाले बताए । ‘यो मौसममा कैलाश मानसरोवर जाने तीर्थयात्रीहरूले होटेल बुकिङ्ग केही पर्यटक आइसक्थे’ उनले भने, ‘यो वर्ष कोरोनाका कारणले चौपट हुने भएको छ ।’

कैलाश मानसरोर जाने अधिकांस हिन्दु र बौद्ध धर्मावलम्बी हुने गरेका, ती पनि भारतीय बढी आउने गरेको अहिलेको लकडाउनका कारणले तिर्थयात्रा जाने मान्छे नै नहुने अवस्था आएको लामाले बताए । ‘होटेल व्यवसाय चौपट भएका छ’ उनले भने, ‘लकडाउनले अर्थतन्त्र पनि चौपट हुने भयो ।’

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net